राजेन्द्र लिङ्देनको प्रश्न : एक घण्टामा चितवन पुग्ने आधार के हो ? काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी वर्षका लागि आएको बजेट वितरणमुखी र चुनावलक्षित मात्र भएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बजेट माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले वर्तमान बजेटले आर्थिक महँगी र भ्रष्टचार र सुशासनको विषयलाई समेट्न नसकेको बताए। उनले बजेटमा एक घण्टामा चितवन पुग्ने मार्ग बनाउने भन्नलाई आधार र स्रोत के हो भन्दै प्रश्न पनि गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्