रुसी आक्रमणको विरोधमा महिलाहरुको टपलेस प्रदर्शन
युक्रेनमा रुसी आक्रमणको विरोधमा विश्वभर प्रदर्शन भइरहेको छ। फ्रान्समा महिलाहरुले भने टपलेस भएर विरोध प्रदर्शन गरेका छन्। उनीहरुले शरीरमा युक्रेनी झण्डा र युद्ध विरोधी नारा पेन्ट गरेका थिए। युरोपमा यसरी टपलेस भएर प्रदर्शन गरेको यो पहिलो पटक भने होइन। सन् २०१९ मा, एक युक्रेनीले कीभमा यसरी नै प्रदर्शन गरेकी थिइन्।
प्रतिक्रिया दिनुहोस्