गोरखाको ताराखसेमा गोली चल्दा एकजना घाइते
काठमाडौं। गोरखाको ताराखसेमा प्रहरीद्वारा गोली चल्दा एकजना घाइते भएका छन्। देशभर ५३ मतदान केन्द्रको मतदान अवरुद्ध भएका छन्। पोखरामा ६० प्रतिशत मत खसेको छ भने भोलीदेखि मत गणना हुने भएकोछ। उपत्यकामा बिना पास चलाएका १२६९ सवारी साधन प्रहरीद्वारा होल्डमा राखिएको छ। उदयपुरको कटारीमा झडप हुँदा दुई जना घाइते भएका छन्।
प्रतिक्रिया दिनुहोस्