आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। अर्थमन्त्रालयमा वार्तापछि व्यवसायीहरूको आन्दोलन स्थगित भएको छ। तीन वर्षपछि रसुवागढी–केरुङ नाकाबाट नेपाली सामानको निकासी सुरु भएको छ। अब विदेशबाट व्यक्तिगत मोबाइल ल्याउदापनि भन्सारबाट प्रज्ञापनपत्र लिनुपर्ने भएको छ। नुवाकोटमा पशुपन्छी पाल्ने किसानले निब्र्याजी ऋण पाउने भएका छन्। पुस पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप २० अर्ब बढेको छ। सवारी कर्जालाई सरल र सस्तो बनाउन माग गर्दै व्यवसायी आन्दोलित भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्