आजका मुख्य ९ आर्थिक खबर काठमाडौं। सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले स्वदेशी जुत्ता, औषधि र सिमेन्टको उत्पादनमा जोड दिने भएको छ। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका समस्या समाधानका लागि सरकारले नतिजामुखी काम गर्ने प्रतिबद्धता जनाएका छन्। लामो समयपछि नेप्से परिसूचक २२ सय विन्दुबाट माथि लागेको छ। क्रिप्टोकरेन्सीदेखि अनलाइन जुवा खेलाइने वेबसाइट र एपलाई प्रतिबन्ध लगाउन दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्