आजका मुख्य ९ आर्थिक खबर
काठमाडौं।कुखुराको मासुको खपत ३५ प्रतिशतले घटेपछि व्यवसायी चिन्तामा परेका छन्। कर्मचारीलाई तलब खुवाउने पैसा नभएको बेला सरकार बैशाखदेखि माओवादीका अयोग्य लडाकूलाई २ लाख बाढ्ने निर्णय गरेको छ।सरकारले घरजग्गामा पैसा फस्दा बजारमा तरलता अभाव भएको सरकारको निष्कर्ष निकालेको छ।सरकारले ९ महीना सकिदासम्म पूँजीगत बजेटको २७ प्रतिशत मात्रै खर्च गरेको छ। शेयरबजार परिसूचक नेप्से ९२ दशमलव २२ अंकले वृद्धि भएको छ।
प्रतिक्रिया दिनुहोस्