आजका मुख्य ९ आर्थिक खबर
काठमाडौं। कृषिमन्त्रालयले दुर्गम स्थानमा पनि गएर दूध संकलन गर्न डीडीसीलाई निर्देशन दिएको छ। १० करोडसम्मको वैदेशिक लगानी अनलाइन प्रणालिबाटै स्वीकृत हुने भएको छ। नेपाललाई जिटुजीमार्फत रासायनिक मल र गहुँ उपलब्ध गराउन रुस तयार भएको छ। चिनियाँ निर्माण कम्पनीले बनाउने भनिएको ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना फिर्ता लिइने भएको छ। पछिल्लो ९ महिनामा ११ खर्ब बराबर ब्यापार घाटा भएको छ।
प्रतिक्रिया दिनुहोस्