प्रदेश र स्थानीय तहले सरकार भनेपछि केन्द्र सरकारजस्तै हो भन्ने भ्रम पनि राख्न नहुने : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहले आफूले सबै चीज गर्न सक्छु भन्यो भने त्यो सम्भव नहुने बताएका छन्। “केन्द्रीय सरकार भनेको सर्वोच्च कार्यकारिणी हो,” उनले भने।
सबै तहबीच कार्यअधिकार बाँडिएको जनाउँदै उनले भने, “सबैभन्दा माथि नेपाल देश, त्यसको नेपाल सरकार र जनतालाई सेवासुविधा पुर्याउन, समाजका विकास तथा आर्थिक, पूर्वाधार विकासका लागि जिम्मेवारी बाँड्न अरू सरकार बनाएका छौँ।”
प्रतिक्रिया दिनुहोस्