नेपालमा एक लाखभन्दा बढी सक्रिय सङ्क्रमित
काठमाडौँ। नेपालमा आज पनि सक्रिय सङ्क्रमितको सङ्ख्या १,०५,२०७ रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ९६,३७९ होम आइसोलेसनमा र ८,८२८ संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ४८,५४१ होम आइसोलेसनमा र ३,२४७ संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, नेपालमा आज १,३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन्। नेपालमा ४९७ जना क्वारेन्टाइनमा छन्।
प्रतिक्रिया दिनुहोस्