काठमाडौं जिल्लामा यस्तो छ कोभिड-१९ को अवस्था
काठमाडौं। आज मात्र काठमाडौँ जिल्लामा २,७३३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३१,०७३ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ जिल्लामा मात्र १००७ जना (०.६४ प्रतिशत)ले ज्यान गुमाइसकेका छन् भने कूल सङ्क्रमितको सङ्ख्या १,५६,५३३ पुगेको छ। यसमध्ये १,२४,४५३ जना (७९.५१ प्रतिशत) सङ्क्रमणबाट मुक्त भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्