अमेरिकाले नेपाल, भारत र अन्य देशलाई सहयोग गर्नुपर्छ : अमेरिकी सिनेटर मार्की
काठमाडौँ। अमेरिकाले नेपाल, भारत र अन्य देशको कोभिड-१९ विरुद्ध खोप आवश्यकता पूर्ति गर्न सहयोग गर्नुपर्ने त्यहाँका सिनेटर एडवार्ड जोन मार्कीले जनाएका छन्। नेपालमा कोभिड-१९ बीच हिमआरोहीबाट अक्सिजन सिलिन्डर फिर्ता गर्न निर्देशन दिएको न्युयोर्क टाइम्स वर्ल्डको समाचार रिट्वीट गर्दै उनले अमेरिकाले अधिक खोप दिनुपर्ने र सहयोग प्रयास जारी गर्नुपर्ने जनाएका हुन्।
प्रतिक्रिया दिनुहोस्