कोरोनाबाट २४ घन्टामा विश्वमा १३ हजार ३६१ जनाको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा मात्रै १३ हजार ३६१ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी भारतमा ३ हजार ९९९ जना, ब्राजिलमा २ हजार ३४० जना र अमेरिकामा ७५८ जनाले ज्यान गुमाएका छन्। यसैगरी कोलम्बियामा ४९९,अर्जेन्टिनामा ४४७,युक्रेनमा ३४६,रुसमा ३९२,टर्कीमा २३८,जर्मनीमा २६७,नेपालमा २१४, इटालीमा २०१, पोल्यान्डमा ३४२, इरानमा २९७, मेक्सिकोमा २६७, पेरुमा ४१८ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्