नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष गैरेको निधन
काठमाडौं।नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समितिका सदस्य एवं नेपाली कांग्रेस कपिलवस्तुका महाधिवेशन प्रतिनिधि विष्णुप्रसाद गैरेको निधन भएको छ।उनको ५६ वर्षको उमेरमा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा निधन भएको हो।स्वर्गीय गैरेले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।उनको निधनबाट पार्टीले होनाहार व्यक्तित्व गुमाएको नेपाली कांग्रेसले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्