चितवनमा जेठ १३ गतेसम्म निषेधाज्ञा थपियो चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले जेठ १३ गतेसम्मका लागि निषेद्याज्ञा थप गरेको छ। पहिलो चरणमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदै छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा जिल्ला कोभिड व्यवस्थापन केन्द्रको निर्णयअनुसार निषेधाज्ञाको थपिएको जनाइएको छ। पहिलो चरणको निषेधाज्ञाले कोरोना सङ्क्रमणको फैलावट कम गर्न सहयोग गरेको निष्कर्षसहित थप दुईसाता निषेधाज्ञा थप्ने निर्णयमा पुगेको बताइएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्