चितवनको शिवनगरमा १५ शैय्याको आइसोलेसन
चितवन। भरतपुर महानगरपालिका- १४ शिवनगरमा १५ शैय्याको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याएको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार अक्सिजनसहितको उक्त आइसोलेसनको शुभारम्भ गरिन्। कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म लैजानका लागि महानगरपालिकाका तीन स्थानमा चारवटा एम्बुलेन्सले निःशुल्क सेवा प्रवाह गरिरहेको छ। कोभिड आइसोलेसनमा एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायत सेवा विरामीले निःशुल्क पाउनेछन्। रासस
प्रतिक्रिया दिनुहोस्