भारतले खोप निर्यात कम गर्दा नेपाल लगायतका देश समस्यामा
काठमाडौं।कोरोना संक्रमणले भयावह स्थिति सृजना गरेपछि भारतले मार्चदेखि कोरोनाविरुद्धको खोप निर्यात घटाएको छ। यसले नेपाललगायतका दक्षिण एसियाली र अफ्रिकी राष्ट्र समस्यामा परेका छन्।भारतले ९० देशलाई ६ करोड ६० लाख खोप उपलब्ध गराएको छ, जसमध्ये ५४ प्रतिशत बिक्री, १६ प्रतिशत अनुदान र ३० प्रतिशत कोभ्याक्स कार्यक्रम अन्तर्गत दिएको थियो। खोप रोक्दा पहिलो डोज लगाएर बसेका नागरिकले दोस्रो मात्रा लगाउन पाएका छैनन्।
प्रतिक्रिया दिनुहोस्