नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै, सबैभन्दा धेरै होम आइसोलेसनमा काठमाडौँ। नेपालमा आज पनि सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै १,०७,३३६ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार ९८,८६९ होम आइसोलेसनमा र ८,४६७ संस्थागत आइसोलेसनमा छन्। यसमध्ये सर्वाधिक बागमती प्रदेशमा ४९,०२४ होम आइसोलेसनमा र ३,१०४ संस्थागत आइसोलेसनमा रहेका छन्। त्यस्तै, नेपालमा आज १,३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा रहेका छन्। नेपालमा ५१६ जना क्वारेन्टाइनमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्