काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित साढे ४२ हजारभन्दा बढी
काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामै ४२,६६६ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा ३०,४५२, ललितपुरमा ७,०६१ र भक्तपुरमा ४,८९१ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,५८,९९१, ललितपुरमा २६,८८३ र भक्तपुरमा १५,९०३ जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः १०५५, २८३ र २०९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,२७,४८४, ललितपुरमा १९,५३९ र भक्तपुरमा १०,८०३ जना छन्।
प्रतिक्रिया दिनुहोस्