रसुवामा अक्सिजन मौज्दात रसुवा। जिल्ला प्रशासन कार्यालयमार्फत् जिल्ला अस्पताल धुञ्चे तथा ग्रामीण अस्पताल जिवजिवेमा कोभिड-१९ बाट सङ्क्रमित बिरामीका लागि अक्सिजन प्रबन्ध गरिएको छ। प्रजिअ ईश्वरीप्रसाद ढकालले सम्भावित जोखिमलाई ध्यान दिँदै अक्सिजनको मौज्दात गरिएको जानकारी दिए। रसुवागढी, साञ्जेन र सालासुङ्गी जलविद्युत् आयोजनाले अक्सिजन सिलिण्डरको सहयोग गरेका थिए। जिल्लामा सङ्क्रमितको सङ्ख्या १८९ रहेको छ। (रासस)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्