आज काठमाडौं उपत्यकामा २,९३७ जनामा सङ्क्रमण
काठमाडौँ। गत २४ घण्टामा काठमाडौँ उपत्यकामा २,९३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। केही दिनयता काठमाडौं उपत्यकामा सङ्क्रमितको सङ्ख्या घट्दो छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आज दिइएको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँमा सर्वाधिक थप २,१४६ जनामा, भक्तपुरमा थप ३४७ जनामा र ललितपुरमा थप ४४४ जनामा कोरोना सङ्क्रमण देखिएको हो। यो देशभरको गत २४ घण्टाको कूल सङ्क्रमणको ३६.०८ प्रतिशत हो।
प्रतिक्रिया दिनुहोस्