कोरोनाबाट २४ घन्टामा विश्वमा ११ हजार ८ सय बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ११ हजार ८२० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी भारतमा ४ हजार ९० जना छन् भने ब्राजिलमा २ हजार ६७ जनाको मृत्यु भएको छ। यसैगरी अमेरिकामा ४९८, रुसमा ३६४, टर्कीमा २३६, अर्जेन्टिनामा ४००, कोलम्बियामा ५३०, पोल्यान्डमा २९८, मेक्सिकोमा २५८, युक्रेनमा ३२२, इरानमा २००, नेपालमा १८७ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्