कोरोनाले सुदूरपश्चिममा एक महिनामा २५९ जनाको मृत्यु
धनगढी।दोस्रो चरणको कोरोना भाइरसको सङ्क्रमणका कारण सुदूरपश्चिम प्रदेशमा गत वैशाखमा २५९ जनाको मृत्यु भएको छ।स्वाथ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कैलाली र कञ्चनपुरका सङ्क्रमितको मृत्यु भएको छ। सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनुपरेको स्वाथ्यकर्मीको भनाइ छ। कोरोना भाइरस सुरू भएदेखि हालसम्म सुदूरपश्चिममा ३१७ जनाको मृत्यु भएको छ। पछिल्लो पाँच दिनमा मात्रै कोरोनाबाट १०९ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्