कोरोना संक्रमणका कारण पत्रकार साईको मृत्यु काठमाडौं। नेपालगञ्जमा कार्यरत पत्रकार रईश साईको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो। नेपालगञ्ज निबासी साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा १३ जना पत्रकारले ज्यान गुमाइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्