तीन जना सङ्क्रमितको मृत्यु
महोत्तरी। महोत्तरीमा आज एकबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ। एकैसाथ आज बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ। कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताइन्। मृत्यु हुनेमा गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुष छन्।
प्रतिक्रिया दिनुहोस्