बेलायतबाट एनआरएनले १०० वटा अक्सिजन कन्सन्ट्रेटर पठाउने काठमाडौं।गैरआवासीय नेपाली संघ (एनआरएनए) को ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्रगत बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन सुरु गरेका छन्।हिजो भएको भर्चुअल बैठकमा बेलायतमा रहेका विभिन्न सघंसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड रुपैयाँ सहयोग गर्ने वाचा गरेका छन्।उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मेशिन किनेर नेपाल पठाउने घोषणा गरिएको छ।पहिलो चरणको छलफलमै ६४ वटा अक्सिजन कन्सन्ट्रेटर मेशिनको प्रतिबद्धता आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्