बुटवल र बाँकेमा ११ जना संक्रमितको मृत्यु
काठमाडौं। कोभिड-१९ को संक्रमणबाट बुटवल र बाँकेमा पछिल्लो १२ घण्टामा ११ जनाको मृत्यु भएको छ। कोरोनाबाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको हो। योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३९ पुगेको छ। यस्तै बाँकेमा पछिल्लो १२ घण्टामा ८ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या २३५ पुग्यो।
प्रतिक्रिया दिनुहोस्