बेलझुण्डीमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं। दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको छ। अस्पतालका व्यवस्थापक द्रोण वलीकाअनुसार शनिबार एचडियुमा उपचाररत दङ्गीशरण गाउँपालिका-४ निवासी ७० वर्षीय पुरुष र आइसियुमा उपचाररत घोराही उपमहानगरपालिका-१४ निवासी ७४ वर्षीय महिलाको मृत्यु भएको हो। योसँगै बेलझुण्डी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ। जसमध्ये १४ जना महिला र ३० जना पुरुष छन्। रासस
प्रतिक्रिया दिनुहोस्