लुम्बिनी प्रदेशमा नौ कोरोना सङ्क्रमितको मृत्यु
काठमाडौं। पछिल्लो चौबीस घण्टामा लुम्बिनी प्रदेशको बाँके र दाङमा ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। गएराती सात जनाको बाँकेमा र दुई जनाको दाङमा उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेकाअनुसार बाँकेमा मृत्यु हुने सात जनामा बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक/एक जना छन्। योसँगै बाँकेमा कोरोनाबाट २३४ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्