त्रिशुली अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं। नुवाकोटको त्रिशूली अस्पतालमा आज दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विदुर–४ बट्टारकी ३२ वर्षीया एक महिला र किस्पाङ गाउँपालिका–५ का ३३ वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। पुरुषको सघन उपचार कक्ष खाली नभएका कारण थप उपचार गर्न हुन नसक्दा मृत्यु भएको हो। हाल जिल्लामा ६६८ सक्रिय संक्रमित छन्।
प्रतिक्रिया दिनुहोस्