संक्रमण दर घट्दै, पछिल्लो चार दिनमा परीक्षण गरिएकामध्ये ३३.०७ प्रतिशतमा कोरोना
काठमाडौं। पछिल्ला दिन नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ। केही दिनअघिसम्म परीक्षण गरिएकामध्ये५० प्रतिशतभन्दा बढीमा संक्रमण पाइएको थियो। तर पछिल्लो चार दिनको कूल परिक्षणमा भने यो३३.०७ प्रतिशतम मात्र देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत बिहीबारदेखि आजसम्म७६ हजार ९३२ जनाको पीसीआर परीक्षण गरिएको थियो, जसमध्ये२५ हजार ४४८ जनामा संक्रमण देखिएको थियो। अर्थात् संक्रमितको संख्या ३३.०७ प्रतिशत रहेको छ।
प्रतिक्रिया दिनुहोस्