काठमाडौं उपत्यकामा ४१ हजार १६१ सक्रिय संक्रमित काठमाडौं। काडमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सक्रिय कोरोना संक्रमितको संख्या आज ४१ हजार १६१ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९ हजार ६५, ललितपुरमा ७ हजार ११८ र भक्तपुरमा ४ हजार ९७८ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७ हजार ३२३ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्