सुदुरपश्चिमका सात जिल्लामा १६ संक्रमितको मृत्यु
काठमाडौं। सुदुरपश्चिम प्रदेशको सात जिल्लामा आइतबार कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कैलाली, कञ्चनपुर, डँडेलधुरा, बझाङ, बैतडी, अछाम र दार्चुलाका १६ जनाको मृत्यु भएको हो। योसहित पछिल्लो एक सातामा सुदुरपश्चिममा कोरोनाका कारण १२९ जनाले ज्यान गुमाएका छन्। अघिल्लो साता प्रदेशमा ९९ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस्