चन्द्रागिरीमा ६० बेडको अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा काठमाडौं। काठमाडौँको चन्द्रागिरी नगरपालिकामा ३०/३० बेडको अक्सिजनसहितको दुईवटा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ। नगरपालिकामा कोरोना संक्रमण बढेपछि आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम गिरीले बताए। केन्द्रमा दक्ष चिकित्सक र नर्सहरु राखिएको छ। नगरपालिकाको वडा नं ८ स्थित मातातीर्थमा रहेको सामुदायिक अस्पताल भवनमा ३० बेड र वडा नं ३ स्थित थानकोट प्राथमिक अस्पतालमा ३० बेडको अक्सिजनसहितको केन्द्र सञ्चालन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्