स्थानीय तहको सक्रियताः बाँकेमा ४७१ बेडसहितको आइसोलेसन स्थापना काठमाडौं। कोरोना महामारीको केन्द्र बनेको बाँकेका स्थानीय तहले नियन्त्रणका लागि सक्रियता अघि बढाएका छन्। बाँकेका आठवटा पालिकाले हालसम्म४७१ बेडसहितको आइसोलेसन केन्द्र स्थापना गरेका छन्। तीमध्ये नेपालगन्ज उपमहानगरपालिकाले २१०, कोहलपुर नगरपालिकाले ६५ तथा खजुराले ४०, नरैनापुरले ५०, राप्ती सोनारीले ४०, जानकीले ३०, बैजनाथले २० र डुडुवा गाउँपालिकाले १६ बेडको आइसोलेसन केन्द्र स्थापना गरेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्