अदालतको आदेश–नेताको काम औषधि थुपार्नु होइन, फिर्ता गर्नू
एजेन्सी।दिल्ली उच्च अदालतले कोरोना महामारीका क्रममा स्वास्थ्य उपकरण र औषधि जम्मा गरेर राख्ने काम नेताहरुको नभएको भन्दै उपचाररत बिरामीलाई वितरण गर्न स्वास्थ्य सेवा महानिर्देशनालयलाई बुझाउन आदेश दिएको छ।महामारीको समयमा औषधि नेताहरुले जम्मा गरेको भन्दै गरेको रिटमा सुनुवाई गर्दै अदालतले राजनीतिक फाइदाका लागि जमाखोरीमा नलाग्न भनेको छ।अदालतले नेताहरुलाई समाज सेवा गर्न चाहेको भए अस्पताल वा स्वास्थ्य महानिर्देशनालयमा बुझाउन भनेको हो।
प्रतिक्रिया दिनुहोस्