युनिसेफले जि–सेभेन राष्ट्रलाई भन्यो– बढी भएको खोप कोभ्याक्सलाई बुझाउ
एजेन्सी। संयुक्त राष्ट्रसंघीय बालकोष (युनसेफ)का कार्यकारी निर्देशक हेनरिटा फोरले औद्योगिक राष्ट्रहरुको समूह जि–सेभेनसँग बढी भएको खोप कोभ्याक्स कार्यक्रमलाई बुझाउन अनुरोध गरेकी छिन्। जि–सेभेनका नेताहरु बेलायतमा भेला हुनु एक महिनाअघि उनले यस्तो अनुरोध गरेकी हुन्। यस्ता खोपहरु कोभ्याक्सले गरिब राष्ट्रसमक्ष पु¥याउनेसमेत उनले बताइन्। जि–सेभेन र युरोपेली राष्ट्रहरुले१५ करोड३० लाख कोरोना खोप डोनेट गर्न सक्ने एक अध्ययनले देखाएको छ।
प्रतिक्रिया दिनुहोस्