हेटौडामा कारोना संक्रमितको संख्या २११७ पुग्यो
हेटौंडा। कोरोनाको नयाँ भेरियन्टको सुरुवातसँगै हटौंडामा हिजोसम्म संक्रमित संख्या २११७ जना पुग्नुको साथै ३४ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिएका छन्। कारोनाको संक्रमणलाई ध्यानमा राख्दै हेटौंडामा जेठ १ गतेदेखि १३ गतेसम्म दोस्रो चरणको निषेधाज्ञा जारी गरिएको पाण्डेले बताए। अक्सिजनको अभावलाई न्युनीकरण गर्नको लागि पर्सा, बारा, चितवनलगायतका जिल्लाहरूबाट अक्सिजन ल्याउने गरेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्