सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर ५१ प्रतिशतभन्दा बढी काठमाडौं। सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणदर५१.४२ प्रतिशत रहेको पाइएको छ। परीक्षण गरिएका कूल नमुनामध्ये५१ प्रतिशतमा कोरोना देखिएको हो। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार गत साता प्रदेशमा१० हजार १८० जनाको कोरोना परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये पाँचहजार२३५ जनामा कोरोना संक्रमण देखिएको थियो। प्रदेशमा हालसम्म एक लाख ६२ हजार २७८ को पीसीआर परिक्षण गरिएको छ। जसमध्ये २५ हजार ४५४ जनामा संक्रमण देखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्