अक्सिजन प्लान्ट स्थापना गर्न आराजुले दिईन् १० लाख
काठमाडौं।नेपाली कांग्रेसकी नेत्री डा.आरजु राणा देउवाले अक्सिजन प्लान्ट स्थापना गर्न १० लाख रुपैयाँ प्रदान गरेकी छन्।उनले धनगढी उपमहानगरपालिकाले स्थापना गरेको ‘मेयर कल्याणकारी कोष’मा उक्त रकम प्रदान गरेकी हुन्।यस्तै कोरोना भाइरसका जटिल अवस्थाका बिरामीको जीवन रक्षाका लागि धनगढीमा ‘अक्सिजन कन्सन्ट्रेटर’ अभियान थालिएको छ।रोटरी क्लब अफ धनगढीको आह्वानमा थालिएको यो अभियानले अक्सिजन कन्सन्ट्रेटर खरिद गरी अस्पताललाई उपलब्ध गराउने सोच राखिएको छ।
प्रतिक्रिया दिनुहोस्