काठमाडौं उपत्यकामा कोभिड-१९ : सक्रिय सङ्क्रमित करिब ४१ हजारभन्दा बढी
काठमाडौं। हालसम्म काठमाडौं उपत्यकामै ४०,७७४ सक्रिय सङ्क्रमित छन्। यसमध्ये काठमाडौंमा २८,५२७, ललितपुरमा ७,१७१ र भक्तपुरमा ५,०७६ सक्रिय सङ्क्रमित छन्। हालसम्म काठमाडौंमा १,६५,३६४, ललितपुरमा २८,२१७ र भक्तपुरमा १६,८४० जना सङ्क्रमित भइसकेका छन् भने तीनै जिल्लामा क्रमशः ११८९, ३१८ र २३५ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। निको भएकामा काठमाडौंमा १,३५,६४८, ललितपुरमा २०,७२८ र भक्तपुरमा ११,५२९ जना छन्।
प्रतिक्रिया दिनुहोस्