भारतले १० दिनभित्र नेपालमा लिक्वीड अक्सिजन पठाउने काठमाडौं। भारतले ८-१० दिनभित्र नेपालमा लिक्वीड अक्सिजन पठाउने नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज जनाएका छन्। कोरोनाभाइरस सङ्क्रमितको उपचारमा अक्सिजनको अभाव भएपछि सरकारले कूटनीतिक च्यानलमार्फत् भारतसँग लिक्वीड अक्सिजन मागेको थियो। राजदूत क्वात्राले आज एक कार्यक्रममा बोल्दै ट्याङ्करमार्फत् लिक्वीड अक्सिजन भारतले पठाउने बताएका हुन्। भारतले नेपाललाई २३ लाख कोरोना खोप दिइसकेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्