कोरोना संक्रमणबाट भारतमा सोमबार सबैभन्दा बढीको मृत्यु
काठमाडौं। कोरोना संक्रमणका कारण भारतमा सोमबार एकैदिन सबैभन्दा बढीको मृत्यु भएको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भारतमा कोरोनाका कारण चार हजार ३४० जनाको मृत्यु भएको छ। यसअघि एकैदिन सबैभन्दा बढीको मृत्यु मे ११ का दिन चार हजार २ सय जनाको भएको थियो। भारतमा पछिल्ला दिन कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएपनि मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्