आईएमएका पूर्वअध्यक्ष डा.केके अग्रवालको कोरोनाबाट मृत्यु
एजेन्सी। पद्मश्री पुरस्कारबाट सम्मानित इन्डियन मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष डा.केके अग्रवालको कोरोना भाइरसका कारण मृत्यु भएको छ। ६२ वर्षीया डा.अग्रवाल कोरोना संक्रमणपछि दिल्लीस्थित एम्स अस्पतालमा उपचार भइरहेको थियो। एकसातादेखि उनको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको थियो। कोरोनाकालमा सक्रिय डा.अग्रवालले सामाजिक सञ्जालमार्फत कोभिड–१९ बारे जानकारी सार्वजनिक गर्दै आएका थिए।
प्रतिक्रिया दिनुहोस्