बुटवलमा थप चार कोरोना संक्रमितकोे मृत्यु
बुटवल। बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा उपचाररत रुपन्देहीका तीनजना र अर्घाखाँचीका एकजना गरी चारजना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन्। रुपन्देहीका २१ वर्षीय, ७९ वर्षीय र ४० वर्षीय पुरुषसँगै अर्घाखाँचीका ४३ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए। योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६५ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्