नवलपरासी (पश्चिम)मा कोरोनाका कारण ९५ जनाको मृत्यु
काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएपछि उनीहरुको मृत्यु भएको हो। हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ३ सयभन्दा बढी रहेको छ। जिल्लामा रहेका सात स्थानीय तह र अस्पतालले १०३ बेडको आइसोलेसन सेन्टरहरु सञ्चालनमा ल्याएका छन्। सेन्टरहरुमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको छ।
प्रतिक्रिया दिनुहोस्