बाँकेमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु
बाँके।कोरोना संक्रमणबाट बाँकेमा थप ९ जनाको मृत्यु भएको छ। मृतकमध्ये ४ जना बाँकेका र सुर्खेत,कपिलवस्तु,दाङ,बर्दिया र रूकुम पूर्वका १/१ जना छन्।नेपालगञ्ज-१० बाँकेकी ६२ वर्षीया महिला,खजुरा गाउँपालिका-२ का ८५ वर्षीय पुरूष, नेपालगञ्ज-२ का ५१ वर्षीय पुरुष,नेपालगञ्ज–१९ का ५७ वर्षीय पुरूष छन्।यस्तै सुर्खेतका ६८ वर्षीय, कपिलवस्तुका ३८ वर्षीय,दाङका ५० वर्षीय,बर्दियाका ६५ वर्षीय र रूकुम पूर्वका ६० वर्षीय पुरूषको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्