अब शव व्यवस्थापनको सामग्री अस्पताल आफैँले किन्ने सुर्खेत।कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा चाहिने सामग्री आफैँले किन्ने भएको छ।यसअघि नेपाली सेनाले आफ्नो नियमानुसार शव व्यवस्थापन गर्दा मृतकका आफन्तलाई नै ती सामग्री किन्न लगाउने गर्दथ्यो।शोकको समयमा शव व्यवस्थापनका सामग्री किन्न झन्झट बेहोर्नुपर्ने गुनासो मृतकका आफन्तहरुबाट आएपछि प्रदेश अस्पताल आफैँले मट्टितेल, कैँची,डोरी, प्लाष्टिकलगायतका आवश्यक सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्