अमेरिकाले २ करोड डोज खोप अन्य देशलाई बाँड्ने एजेन्सी।अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका कोरोना प्रभावित देशलाई दुई करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका छन्।ह्वाइट हाउसका प्रेस सचिव जोन साकीले राष्ट्रपतिले यसअघि नै जोनसन एन्ड जोनसनको ६ करोड खोप वितरण गर्ने योजना बनाइसकेको बताएका छन्।अब फाइजर र मोडेर्नाको खोप पनि वितरण गर्ने तयारी अमेरिकाको छ।अमेरिकापछि अब संसारमा महामारी अन्त्यका लागि काम गर्ने ह्वाइट हाउसले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्