महासंघले क्षेत्रपाटीमा सञ्चालनमा ल्यायो ५० बेडको आइसोलेशन काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले क्षेत्रपाटीको गोर्खा अस्पतालको भवनमा आइसोलेशन सञ्चालनमा ल्याएको छ। हिजोदेखि सञ्चालनमा आएको आइसोलेशन सेन्टर उपत्यकामा दोस्रो हो। यसअघि महासंघले ज्ञानेश्वरमा २६ बेड क्षमताको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको थियो। ५० वटा बेड क्षमताको आइसोलेशनलाई विस्तार गर्दै पछि १०० वेडसम्म पुर्याउने योजना छ। आइसोलेशनमा बिरामीहरूलाई निःशूल्क खाना, औषधिको व्यवस्था गरेर स्वास्थ्यकर्मीको निगरानीमा राखिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्