कोरोनाका बिरामीको उपचारमा प्लाज्मा थेरापी गर्न रोक एजेन्सी।भारतमा कोरोनाका बिरामीको उपचारमा प्लाज्मा थेरापी गर्न रोक लगाइएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर) ले कोरोनाको उपचारमा क्लिनिकल गाइडलाइनमा परिवर्तन गरेको हो। आईसीएमआरले प्लाज्मा थेरापीबाट कोरोनाका बिरामीको स्वास्थ्य सुधार भएको प्रमाण नभएको जनाएको छ। गत वर्ष आईसीएमआरले कोरोनाका ४ सय बिरामीमा प्लाज्मा थेरापी परीक्षण गरेको थियो। अन्तर्राष्ट्रिय स्तरमा परिएको परीक्षणमा पनि यसबाट बिरामीलाई फाइदा भएको नपाइएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्